काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको हो ।
थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान प्रभावित क्षेत्रमा पुगेको थियो । तस्वीर स्रोत : नेपाल प्रहरी
