हुलाकी सडकमा अन्न सुकाउदा दुर्घटनाको जोखिम उच्च

सबै घटना

समीर बिश्वकर्मा,

       ठोरी, असोज-१० गते/ पर्साको ठोरी गाउँपालिकामा सडकमा अन्न सुकाउदा चारपाग्रें सवारीलाई गुड्न असहज साथै दुर्घटनाकोजोखिम उच्च भएको छ।

 बिरगंज -ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपलिका वडा न. ३,४ र ५ मा हुलाकी सडकमा धान ,मकै ,गहुँ, पराल लगायतका अन्नहरुसुकाउदै आईरहेको देख्न सकिन्छ । उक्त क्रियाकलाप बितेका सालहरुमा पनि हुने गर्थ्यो। तर उक्त बिषयलाई सम्बन्धित निकायलेत्यति चासोको बिषयमा लिएको थिएन । 

 यस्ता क्रियाकलापका कारण ठुला गाडी, ट्रक ,स्कुल बस लगायतका सवारीहरु सजिलै पास हुन नमिल्ने गरि अन्न सुकाएको देखिन्छ।यस्तो गर्नाले अन्न सुकाउने यी एरियामा दुर्घटनाको जोखिम उच्च रहेको देखिन्छ ।  समयमै यस विषयप्रति सम्बन्धित निकायकोध्यानाकर्षण होस् । तस्वीर : संजय लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *