१२ वर्षीया बालिका जबर्जस्ती करण आरोपमा बेलौरी भकुण्डाका ६१ वर्षीया वृद्ध पक्राउ परेका हुन् ।बालिका करणीविरुद्धमा उजुरी परेपछि बेलौरी नगरपालिका ५ भकण्डाका रामज्ञान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए ।
