७ लाख ३६ हजार विवाहित महिलाको बच्चा भएन

नेपाल

१५ देखि ४९ वर्ष उमेर समूहका ६ हजार एक ८० विवाहित महिलाले ९ जनाभन्दा बढी बच्चा जन्माएको पाइएको छ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार ६१ लाख ४५ हजार ३९ जना (यो उमेर समूहको) विवाहित महिलामध्ये ६ हजार १८० जनाले नौ जनाभन्दा बढी बच्चा जन्माएको देखिएको हो।सबैभन्दा बढी दुई जना बच्चा जन्माउने देखिएको छ। ३३ प्रतिशतले दुई जना, २३ प्रतिशतले एक जना, १७ प्रतिशतले तीन जना बच्चा जन्माएको देखिएको छ।

१२ प्रतिशत विवाहित महिलाको भने बच्चा हुन नसकेको तथ्यांकमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *