
मधेशी छोरीहरुको साईकल खाएको आरोपमा मधेश सरकारको कर्मचारीमाथि मुद्दा दायर भएपछि मधेश सरकार नाङ्गो भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी नेतृत्वको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत किनेको साईकलमा १० करोड रुपैयाँ बढी भ्रष्टाचार भएको पुष्टि भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार नाँगो भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १० जना कर्मचारीविरुद्ध १० करोड ३३ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको नाममा सञ्चालन गरिएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत २७ हजार थान साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएपछि लालबाबु सरकार पनि नाङ्गो भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, उपसचिव दिलिप प्रधान र सहलेखापाल राजाराम मण्डलविरुद्ध १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
कमसल खालको १७ हजार साइकल बुझेको तथा भुक्तानी गरेको भन्दै ती ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।यसअघि जानकी मन्दिरमा लगाइएको मार्बलमा समेत आफूलाई अब्बल पुष्टि गर्न खोजेको सिडिई भगवान झा पनि यसै आरोपत्रमा नँगा भएका छन् ।मुद्दामा गलत लिखतमा दाबी लिएको भन्दै भण्डार शाखाका जिन्सी शाखा प्रमुख अधिकृत छैठौं रामस्वार्थ मण्डल र भण्डार शाखाका खरिदार जीत मोहनकुमार दासविरुद्ध पनि १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।
सोही मुद्दामा साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्यसाई प्रालि वीरगञ्ज पर्सा नामक आपूर्ति कम्पनी र कम्पनीका म्यानेजिङ डाइरेक्टर रेणु अग्रवालविरुद्ध पनि १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।मूल्यांकन समितिमा बसेर गलत लिखत प्रतिवेदन दिएको भन्दै ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । उपसचिव दिलिप प्रधान, सीडीई भगवान झा, शाखा अधिकृत सुरेन्द्रकुमार कर्ण र सहलेखापाल राजाराम मण्डलविरुद्ध मुद्दा दर्ता गरिएको छ ।ती चारै जनाले दोस्रो पटक १० हजार थान साइकल खरिद गर्न नपाउने फर्मलाई मापदण्ड पुगेको भन्दै गलत लिखत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
मधेश प्रदेश सरकारले कार्यक्रमअन्तर्गत २ चरणमा गरी २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । त्यसक्रममा १ चरणमा १० र अर्को चरणमा १७ हजार साइकल खरिद गरेर वितरण गरिएको थियो ।१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साईकल खरिद प्रक्रियामा भ्रष्टाचार भएको पुष्टिसहित मुद्दा दायर गरेपछि सिँगो जसपा सरकार नाँगो भएको छ । आगामी मँसिरमा प्रदेशसभा तथा प्रतिनीधिसभा चुनाव हुने सम्भावना छ ।


