अजय देवगन अभिनित फिल्म ‘दृश्यम’को रिकल टिजर सार्वजनिक (भिडिओ )

अन्तर्राष्ट्रिय

सन् २०१५ मा प्रदर्शन भएको बलिउड फिल्म ‘दृश्यम’लाई दर्शकले निकै रुचाएका थिए।अभिनेता अजय देवगनको शानदार अभिनय र सस्पेन्सलाई रुचाएसँगै ‘दृश्यम २’को लागि उत्सुकता बढाउन रिकल टिजर सार्वजनिक गरिएको छ।  

अजयले इन्स्टाग्राममा फिल्मको टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘तपाईंहरूलाई विजय र उसको परिवारको कहानी त याद होला नि?’यो फिल्मको एक पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अजयको हातमा बेल्चा, अजयकी पत्नी बनेकी श्रीया सरनको हातमा ब्याग, अजयकी छोरी बनेकी मृणाल जाधवको हातमा सिडी चक्का र इशिता दत्तको हातमा रगत लागेको रड छ। उनीहरू महा सत्संग द्वारमा उभिएका छन्।

अभिषेक पाठकले निर्देशन गरेको फिल्ममा तब्बुले प्रहरीको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म १८ नोभेम्बरमा प्रदर्शन गर्ने बताइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *