काठमाडौं । आजको समयमा डिजिटल माध्यममा पुस्तक पढ्नु सामान्य भइसकेको छ । जसलाई ई-बुक अर्थात् ईलेक्ट्रोनिक बुक भन्ने गरिन्छ । त्यस्ता किताबहरू हामीले अनलाइनमा खरिद गरेर पढ्न वा सुन्न पनि सकिन्छ । भौतिक किताब भन्दा सस्तो, पढ्न सजिलो भएकाले पाठकको रोजाई पुस्तकको डिजिटल भर्सन हुनेगर्छ ।
पछिल्लो समय नेपाली पाठकको जमात पनि बढ्दै गइरहेको छ । तर नेपाली किताबहरू खरिद गरेर पढ्न पाइने प्लेटफर्म नै निकै कम हुँदा नि:शुल्कमा पढ्न पाइने प्लेटफर्मको संख्या त झनै कम हुने गरेको छ ।

कतिपय साइटहरू त खुलेर पनि बन्द भइसकेका छन् । यसले गर्दा पाठकले आफूले खोजेको नेपाली ई-किताब पढ्न ठ्याक्कै पाउँदैनन् । तर केही प्लेटफर्म छन्, जहाँबाट नेपाली भाषाका ई-किताब नि:शुल्क पढ्न सकिन्छ:

ई–पुस्तकालयले निःशुल्क रुपमा नेपाली पुस्तक पढ्ने सुविधा उपलब्ध गराउँदै आएको छ । उक्त अनलाइन तथा डिजिटल पुस्तकालयमा हजारौंको संख्यामा नेपाली पुस्तकहरु उपलब्ध रहेका छन् । जसलाई तपाईंले पीडीएफमा डाउनलोड गरेर आफ्नो मोबाइल तथा कम्प्युटरमा पढ्न सक्नुहुनेछ ।
यस बाहेक यसमा शैक्षिक पाठ्यक्रमका पुस्तक पनि उपलब्ध छ । जसलाई तपाईँले पढेर वा भिडियोमा हेरेर पनि सिक्न सक्नुहुनेछ । अडियो पुस्तकका साथै अन्य भिडियो सामग्री समेत लाइब्रेरीमा राखिएका छन् । साथै यसमा नेपाली साहित्यदेखि विदेशी साहित्यका पुस्तक पनि उपलब्ध छन् ।
यो एक ब्लगिङ वेबसाइट हो । यद्यपि यसमा केही नेपाली पुस्तकको पीडीएफ उपलब्ध गराइएको छ । तपाईँले यहाँ ती पुस्तक नि: शुल्क रुपमा पढ्न सक्नुहुन्छ । साथै डाउनलोड गरेर आफू अनुकूल जुनसुकै बेला पनि अध्ययन गर्न सक्नुहुन्छ । यद्यपि यसमा निश्चित किताबहरू मात्र उपलब्ध छन् ।
इन्टरनेट अर्काइभ : नेपाली पुस्तक
हुन त यो इन्टरनेटमा अर्काइभ राख्ने वेबसाइट हो । यो कुनै पनि किताब पसल भने होइन । तर यसमा अर्काइभ नेपाली किताबहरू भने नि: शुल्क रुपमा पढ्न सकिन्छ । यसमा विशेषत धेरै पहिले नै प्रकाशन भएका किताबहरू पढ्न पाइन्छ । यसमा धार्मिक, व्यक्तित्व विकास, साहित्यिक, इतिहास आदि क्षेत्रका पुस्तकहरू पाइन्छन् । यसमा तपाईँले पनि किताब अर्काइभ गर्न सक्नुहुन्छ ।
यो वि.सं. २०१३ मा नेपाल सरकारले स्थापना गरेको पुस्तकालय हो । पहिले भौतिक रूपमा मात्र पुस्तक पढ्न पाइन्थ्यो । तर अहिले भने पुस्तकालयले वेबसाइट मार्फत पनि पुस्तकहरू उपलब्ध गराएको छ । यसमा हाल रिसर्च, थेसिस जस्ता सन्दर्भ सामग्री आदि नि:शुल्क पढ्न पाइन्छ । यद्यपि पुस्तकालयले भविष्यमा अन्य प्रकारका पुस्तक पनि उपलब्ध गराउनका लागि काम गरिरहेको छ ।