खुला पत्र
श्रीमान अध्यक्ष ज्यु
सखुवा प्रसौनी गाउँ कार्यपालिकाको कार्यलय पर्सा
केहि दिन पहिला बिभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति आम सखुवा प्रसौनी गाउँपालिका बासीमा एक प्रकारको तरंग र शंका पैदा भएको छ ।
गाउँपालिकाका अध्यक्षको नामै जोडिएको आएको उक्त समाचारमा पालिका अध्यक्षले बिभिन्न शिर्षकमा पालिकाको लाखौँ रुपैँया भ्रष्टाचार गरेको भन्ने कुरा उल्लेख गरिएको छ । समाचार प्रकाशन भएको एक हप्ता दिन जति भइसक्दा पनि न त कार्यपालिकाले उक्त विषयलाई आपत्ती जनाएको छ न त अध्यक्ष ज्यु ले नै समाचारको खण्डन गरेको कुरा बाहिर आएको छ ।
निर्वाचित भएर निस्वार्थ हिसावले गाउँपालिकाको विकासमा लाग्छु भन्ने कसम खाएर आएको व्यक्ति लाखौँ भष्ट्राचार गरेको समाचार प्रकाशन हुँदा पनि चुप लागेर बस्छ भने उसले केहि न केहि रुपमा सरकारी तथा जनताको सम्पत्तिमा खेलवाड गरेको छ भन्ने हामीले ठहर गरेका छौँ । एउटा जनप्रतिनिधि त्यो पनि गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले आफ्नो कर्तव्य कसरी भुलेर त्यत्रो लाखौँ रूपैँयाको भष्ट्राचार मा संलग्न भयो होला हामी सोच मग्न र चिन्तित समेत भएका छौँ । सञ्चार माध्यममा यस्तो समाचार प्रकाशित हुँदा एक बर्ष पहिले भोट माग्दै हिडेको हामीलाई याद छ । यहाँले गरेको बाचाहरू कहाँ गए हामी यहाँलाई त्यसतर्फ ध्यानाकर्षण गराउन चाहान्छौँ ।
जनताको करबाट संकलन भएको राजश्व कहाँ कसरी र कुन शिर्षकमा खर्च भयो त्यो हेर्ने चाहाना राख्नु जनताको अधिकार हो झनै त्यहि रकममा हिनामिना भएको समाचार प्रकाशन हुँदा त जनताको मन चसक्क नदुख्ने कुरै भएन । अतः समस्य सखुवा प्रसौनी गाउँ पालिकाका सचेत जनताको तर्फबाट यहाँलाई यो ज्ञापन पत्र पेश गर्दैछौँ ।
यो खुला पत्र बुझाएको एक हप्ता भित्र गाउँपालिकाका अध्यक्षको नाम जोडिएर बिभिन्न सामानको खरिद तथा मर्मतमा भएको भ्रष्टाचार सम्बन्धमा आएको समाचारमा के कस्तो सत्यता छ र यदि सत्यता छैन भने एक हप्ता सम्म यहाँको खण्डन तथा त्यसको जवाफ जनताले किन पाएनन् उक्त कुरा सखुवा प्रसौनीमा स्थानीयले जान्ने गरी बाहिर ल्याउन अनुरोध गर्दै यो ज्ञापन पत्र पेश गर्दछौँ ।
सखुवा प्रसौनी युवा समाज
पर्सा नेपाल
