
निर्देशिका बनेको झन्डै दुई बर्षपछि ७० अंक प्रणाली लागु हुने भएको छ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ कार्यान्वयनमा ल्याउने भएको हो ।
गत साउन दोस्रो सातादेखि गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति गरेका थिए ।
सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको निर्णय अनुसार बागमती प्रदेशमा पनि लागु हुने भएको हो ।
यस अघि बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल अंक प्रणालीको विपक्षमा उभिएको थिए । मेरोलगानीसँग कुरा गर्दै उनले अंक प्रणाली कार्यान्वयन नगराउने पक्षमा रहेको बताएका थिए ।
मन्त्री दाहालले अंक प्रणाली असोज १ गतेदेखि लागु गर्ने निर्णय भएको बताए । ‘सबै प्रदेशले लागु गर्दा बागमतीले लागु नगर्ने भन्ने हुँदैन त्यसैले असोजदेखि कार्यान्वयमा ल्याउने तयारी गरेका छौं’ मन्त्री दाहालले भने ।
यातायात व्यवस्था विभागले करिब एक बर्ष लगाएर लाइसेन्स परिक्षा निर्देशिका जारी गरेको थियो । जसमा १०० पुर्णाङ्कमा ७० अंक ल्याए ट्रायल परिक्षा पास हुने व्यवस्था छ । तर, यो प्रणाली गण्डकी प्रदेशले मात्रै कार्यान्वयनमा ल्याए पनि अन्य प्रदेशले भने आनाकानी गर्दै आएका थिए ।
यस्तो छ ब्यवस्था




