आईसीसी ले नेपाललाई दियो डिजिटल फ्यान इङ्गेजमेन्ट अफ दि इयर अवार्ड

खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड जितेको छ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई डिजिटल फ्यान इङ्गेजमेन्ट अफ दि इयर अवार्ड दिएको हो । नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि छानिएको थियो।

अवार्ड जितेपछि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्यानले समर्थकप्रति आभार प्रकट गरेको छ । आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न छ देशलाई छ प्रकारका अवार्ड प्रदान गरेको छ । 

अवार्ड पाउनेमा नेपालसँगै ओमन, मेक्सिको, नेदरल्यान्ड, यूएई र स्कटल्यान्ड जस्ता क्रिकेटमा उदाइरहेका राष्ट्रले पनि विभिन्न अवार्ड पाएका छन् । विभिन्न २१ देशबाट छ ओटा देश विभिन्न छ विधाका अवार्डका लागि छनोट भएको आईसीसीले जनाएको छ ।

फेसबुक च्यानलबाट वर्षभर ४०० प्रतिशतले फ्यानबेस बढेको भन्दै नेपाललाई सो अवार्ड दिएको बताइएको छ

यो सम्मानले हाम्रा फ्यानहरू लगायत हाम्रा सम्पूर्ण क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गरेको छ, जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,”  क्यानका सचिव पारस खड्काले भने, “महिला र पुरुष दुवै क्रिकेट खेललाई प्रवर्द्धन गरेर, हामी नेपालमा जीवन्त र समावेशी क्रिकेट संस्कृति सिर्जना गर्ने प्रयास गरिरहेका छौं ।”

क्यानको डिजिटल रणनीतिले समर्थकलाई खेल नजिक पुर्‍याएको खड्काले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *