
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि देश छाडेका छन् ।
नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै शुक्रबार बिहान अष्ट्रेलिया लागेका हुन् ।
पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।
यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन् ।
सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन् ।
मगर सबैभन्दा कान्छो नेपाली अन्तर्राष्ट्रिय खेलाडी हुन् र उनले २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध डेब्यु गोल गरेका थिए ।
मगरले नेपाल, भारत र माल्दिभ्सका धेरै क्लबबाट फुटबल खेलेका छन् ।