आज मिति २०७९ श्रावण १३ गते शुक्रबार देखि एक महिनासम्म गुँला पर्व आरम्भ

कला विज्ञान/प्रविधि समाचार

यस गुँला महिनामा गुंला पर्व नेवा: समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ ।

नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ ।

विशेष गरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।आज काठमाडौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *