आज सदन खुल्ला ?

राजनीति

संसदीय सहमति बनाउने सैद्धान्तिक सहमतिपछि पनि कांग्रेसले सदन खोल्न अझै सर्त तेर्साएको छ ।

समितिको कार्यविधिमा सहमति नबनी र गठनको मोडालिटीको टुंगो नलागेसम्म कांग्रेस सदन सुचारु गर्ने पक्षमा छैन । कांग्रेस नेताहरू कार्यविधि तयार भएपछि समिति बन्ने सुनिश्चितता हुने र त्यसपछि सदन खुल्ने बताउँछन् ।

कांग्रेस महामन्त्री गगन थापाले कार्यविधिमा आफूहरूको माग सम्बोधन भएपछि मात्र सदन खुल्ने बताए । ‘कार्यविधिमार्फत कांग्रेसको माग सम्बोधनका लागि सहमत भएका हौँ । त्यसमाथि छलफल हुन्छ । कांग्रेस आफ्नो मागमा जहाँको त्यहीँ छ । हाम्रो मागअनुसार कार्यविधि बन्छ र समिति बन्ने अवस्थामा सदन चल्न दिन्छौँ । होइन भने सदन खुल्न दिँदैनौँ ।

सत्तापक्ष कसरी अगाडि जान्छ त्यसमा भर पर्छ,’ उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *