आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गतको करार सेवामा कार्यरत कर्मचारी लाई सेवा बाट हटाएको निर्णयको विरुद्ध आज बाट १० बुन्दे सवाल सहिल पुनर्बहालिको माग राख्दै नगरपालिका प्रवेशद्वारमा कार्यलयमा धर्ना

नेपाल घटना

पर्सागढी नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गतको करार सेवामा कार्यरत कर्मचारी लाई सेवा बाट हटाएको निर्णयको विरुद्ध आज बाट १० बुन्दे सवाल सहिल पुनर्बहालिको माग राख्दै नगरपालिका प्रवेशद्वारमा कार्यलयमा धर्ना दिएका छन् !

धर्नामा बस्ने कर्मचारीले पर्सागढी नगरपालिकाका जिम्मेवार निकाय, जिम्मेवार ब्यक्ती बाट निम्न सवालहरुको जवाफ मागेका छन् ?

१.पुर्व करार सम्झौता बमोजिम करार सेवा बाट कारण बस हट्न वा हटाउन चाहेको खण्डमा कुनै पनि पक्षले उचित कारण सहित १ महिना अगाडि लिखित जानकारी गराउनुपर्ने कानुनी प्रावधान रहदा रहदै समेत दबाबपुर्ण शैलीमा कार्यालय समय पश्चात एक्कासी रातारात घर दैलोमा पुगि विदाको दिन पारी जबरजस्ति पत्र सुम्पिनुको मनासाय के ?

२.आधारभुत स्वस्थ्यसेवा केन्द्र अन्तर्गत कार्यरत हामी सम्पुर्ण कर्मचारीको का.स.मु.जस्ता कार्यहरु नगरि एकाएक करार सेवा बाट हटाइनुको ‌औचित्य,कारण के ?

३.करार सम्झौता रद्द गरिएको पत्रदिन हतार पालिकालाई कर्मचारीको ६ महिनाको तलब दायित्व बाकी राखी बुजबुझारथ समेत नगरी नगराई एक्कासी सेवा बाट हटाइएको पत्र दिनु कत्तिको जायज छ ?

४.पर्सागढी नगरपालिकाको प्रशासनिक कार्य संचालन ऎन, कार्यबिधिमा उल्लेख ब्यवस्था बमोजिम करार कर्मचारी म्याद थप वा रद्ध प्रमुख प्रसशकिय अधिकृतको निर्णय बाट हुने, प्रशासनिक कर्मचारीहरुलाई पुरस्कृत वा दण्डित प्र.प्र.अ.बाटनै हुने स्पष्ट कानुन बिपरित कार्यपालिका बैठकद्वारा हाम्रो मात्रै म्याद समाप्तिको निर्णय गराईनुको कारण के ?

५.पर्सागढी नगरपालिकाको चालु आ.ब.को सातौ नगरसभाले करारमा कार्यरत कर्मचारीको एकमुष्ट चालु आ.ब.को म्याद थप गर्ने निर्णय भएको हुदा सम्मानित नगरसभाको निर्णय समेत कार्यपालिका बैठकद्वारा खण्डन गर्नु कानुनि सुब्यवस्था बिपरित भएन ?

६.न.पा.मा कार्यरत आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीहरु स्पष्ट अभिलेख,आवश्यक सेवा सुबिधा तथा तलब परिमाण सन्दर्भमा हामी कर्मचारीहरुले ताकेता गर्दा नगरप्रमुख/प्र.प्र.अ. समेत बाट आउने पुष मसान्तमा विशेष नगरसभा गरि तलब तथा ‍आवश्य अन्य बजेट वनियोजन गर्ने आश्वसन समेत पाएको हुदा यसमा स्वास्थ्य शाखाको पहल, लेखाको ध्यानाकर्षण र बजेट बिनियोजन समिती द्वारा बजेट बिनियोजनमा गैर जिम्मेवारीपनले यश विषय लाई सुनियोजित तबरले बिबादित विषय बनाईएको हैन ?

७.स्थानिय तह भित्रकै स्थानिय दक्ष प्राबिधिक सम्पुर्ण आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारीहरुको अभिभावक के तपाईं तथा यो पालिका हैन ?

८.राज्यको सिहदरबार घर घरमा भन्ने अवधारणा, जनताको प्रत्यक्ष सेवा पाउने आधारभुत स्वास्थ्यसेवा केन्द्र बजेटको अभावमा बाहाना बनार्इ बन्द गरिनु लज्जास्पद हैन ?

९.हामी कार्यरत कर्मचारी ६ महिना बेतलबी स्वयंसेवकको रुपमा समेत काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दा समेत पुनः बिज्ञापन गर्ने मानसिकता के चुनाबी प्रतिसोध हैनर ?

१०.बिगतमा कोभिड-१९ सन्दर्भमा करार स्वास्थ्यकर्मी तथा दैनिक ज्यालादारीमा कार्यरत स्थानीय कर्मचारीको अबिस्मर्णिय सेवाप्रबाह, पुर्णजोखिम बहन, २४ घण्टे उपस्थिती जस्ता सबल पक्षलाई एकैपटक सखाप पारिदिने गरि गरिएको पत्राचारमा पुनर्बिचार गरिनु पर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *