ईलाका प्रहरी कार्यालय प्रसौनिद्वारा बेवारिसे अवस्थामा गाडी बरामद

नेपाल घटना

आज बाराको परवानीपुर गा.पा.वडा नं.५ नौतन टोल स्थित कलैया बिरगंज सडक खण्डमा DL 9 CK 5814 नम्बरको कार गाडी बेवारिसे अवस्थामा फेला परेकोले ईलाका प्रहरी कार्यालय प्रसौनिले जनाएको छ ।

उक्त गाडी ईलाका प्रहरी कार्यालयमा ल्याई राखेको र उक्त गाडीमा शुभ विवाहको पप्लेट टासिएको,सो पप्लेटमा रबिन्द्र संग किरण,झकरा पर्सा देखी बेलहिया बारा लेखिएको तथा उल्लेखित गाडी धनिले गाडीको सक्कल कागजातहरू लिई ईलाका प्रहरी कार्यालय प्रसौनिमा सम्पर्क गर्न ईलाका प्रहरी कार्यालय प्रसौनी बाराका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहराले अनुरोध गरेका छन् ।

साथै यस् कार्यालयका सम्पर्क नं.९८६५४२८५३६ रहेका जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *