
बारा जिल्ला जितपुर सिमरा -०३ मा जन्मिएका उदय लोहनी नेपाली सांगेतिक जगतमा का उदाउँदो तारा हुन्। विभिन्न हिन्दी तथा नेपाली संगीतहरूमा कभर सङ गरेर सांगीतिक यात्रा सुरुवात गरेका गायकको आफ्नै युट्युब च्यानल uday Lohani Official रहेको छ। सांगीतिक क्षेत्रमा अति नै रुचि भएको उदयको स्वर मा अद्भुत जादु रहेको छ भन्नुमा दुई मतको कुरै छैन भनेर स्थानीय बताउँछन्।
गायक लोहनी को नयाँ गीत ‘मेरो मन’ रिलिज भएको छ। उक्त गीत ले ले सांगीतिक क्षेत्रमामा निकै चर्चा पाउने र यसै गित ले उनको परिचय स्थापित गर्न सफल हुने भनेर सरोकार वाला बताउछन्।
उनको पहिलो सांगीतिक कोसेलीले दर्शक,स्रोता र संगितप्रेमीको अत्यधिक मन जित्ने गायक लोहनी को दाबी छ। उनको उक्त गित बाल्यकालदेखिको मायालाई मिठो रुपमा संगीतमार्फत दर्शाएको छन्। प्रेमको गहिराइमा डुबेर लेखेको उक्त गीतको शब्द गायक लोहनीको आफै ले लेखेका हुन्।
उक्त गितमा उदय लोहनी को स्वर रहेको छ । गितको म्युजिक कन्सेप गायक उदय लोहनी ले नै गरेका छन् । गितको प्रोडक्सन UPL PRODUCTION ले गरेको हो।
म्युजिक भिडियोमा म्युजिक भिडियोमा उदय, सम्राट, साक्षी, गौरव र विनीताको अभिनय देख्न सक्नुहुनेछ भने म्युजिक भिडियोको निर्देशन उदय लोहनी ले नै गरेका छन्। प्रोड्युसरमा उत्तम लोहनी रहेको उक्त भिडियोमा क्रेटिभ प्रोड्युसर भने अर्जुन ढुङ्गाना रहेको छन्।
म्युजिक भिडियो उदय लोहनी को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।
उक्त गितको लोहनी ले आफ्नै गाउँ सहरमा सुटिङ गरेका छन् । गितमा बाल्यकालको मायापिरती र जन्मभुमिप्रतिको यादगार दर्शाएको छ ।
गितको लिङ्क:- https://youtu.be/VOSYZEZbyCk?si=ApXvWuLgJIFADpZQ


