कक्षाकोठामा शिक्षामन्त्री…

घटना

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार दिउँसो काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको छ।

कक्षाकोठामा उहाँले विद्यार्थीहरूसँग पुस्तक पुनर्प्रयोग लगायतका विषयमा कुराकानी गर्नुभएको थियो।

पुस्तक पुनर्प्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले दिवा खाजा लगायत विद्यार्थीकै हितमा प्रयोग गर्न सकिने बताउनुभयो।

मन्त्रालयले आगामी बजेटमा समेत पुस्तक पुनर्प्रयोगबारे कार्यक्रम समेत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *