कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

नेपाल

वीरगञ्ज, १५ भदौ ।  कक्षा १२ को नतिजा बुधवार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गर्ने तयारी गरेपनि प्राविधिक कारणवश हुन नसकेको हुँदा बुधवार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले बुधवार अपरान्ह साढे ४ बजे नतिजा सार्वजनिक गर्ने गरी सबै तयारी पूरा गरेको जनाएको छ ।

तीजको दिन सार्वजनिक विदा परेका कारण नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो ।यसअघिको तयारी अनुसार सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *