कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिएर १४ वटा खच्चड फसे

सबै
Oplus_0

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको छ ।

१६ वटा खच्चडको पुलको तार काटेर उद्धार भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।‘पुलको जाली काटेर खच्चड खोलामा खसालिएको हो । अहिलेसम्म पाँच वटा खच्चड आफैं पौडिएर निस्किएका छन् । पुललाई सिधा पारेर उद्धारको प्रयास गरिए पनि असम्भव देखिएपछि तार काटेर उद्धार थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *