काठमाण्डाै – काठमाण्डाैको असनका बासिन्दाले आज बल्ल विजया दशमीको टीका थाप्दैछन् ।
हरेक वर्ष एकादशीका दिन असनका स्थानीय बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्दछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।
असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने गर्दछ ।
