
साँढे ५ वर्ष देशको कार्यकारिणी पदमा रहेर न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले गत जनवरी १९ मा राजीनामा घोषणा गरिन् । त्यस यता देशमा नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सले सपथ लिए र देशको ४० औं प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाले ।उता निवर्तमान प्रधानमन्त्री आर्डेन भने हाल आफ्नो पार्ट्नर र छोरी सँग समय बिताईरहेकी छिन् । उनी कुनै सार्वजनिक कार्यक्रममा देखा परेकी छैनन् । तर उनी आफ्नो निर्वाचन क्षेत्र माउट अल्बर्टमा भने अहिले सकृय देखिएकी छिन् ।
प्रधानमन्त्री बाट राजिनामा दिएपनी उनी माउट अल्बर्टमा पुन: निर्वाचनको पक्षमा नरहेको भन्दै सांसद भने रहिरहने बताएकी थिईन् । उनले गत फेब्रुअरी १३ मा अकल्याण्ड सिटी काउन्सिलका प्रतिनिधिहरु सँग भेट गरेकी थिईन् । गत साता उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्यान्ड्रिङ्गहममा गएर त्यहाका स्थानिय व्यापारी सँग भेट गरेकी छिन् ।
उनले सो समयमा चक्रवात आँधीले पारेको असरको बारेमा पनि जानकारी लिएकी थिईन् ।जसिन्डाको दैनिकी हाल आफ्नै घरमा बित्ने गरेको छ । उनी छोरी निभ र आफ्ना पार्टनर क्लार्क गेफोर्डसँग अधिकांश समय बिताईरहेकी हुन्छिन् ।प्रधानमन्त्रीबाट राजिनामा दिएसगैँ आफु ठुलो जिम्मेवारीबाट मुक्त भएको र आराम सँग सुत्न सकेको उनले राजिनामा घोषणा गरेको भोलीपल्टै बताएकी थिईन् । आउदो ओक्टोबरमा हुने आमनिर्वाचनमा आफु नउठ्ने बताईसकेकी जसिन्डाले अब के गर्ने छिन् भन्ने सबैको चासोको बिषय बनेको छ ।
उनले यसै वर्ष आफ्ना पार्टनर क्लार्क गेफोर्डसँग विवाह गर्दै छिन् । विवाहको मिती नतोकिए पनि उनले केही महिनामा गेफोर्डसँग बिहे गर्न लागेको बताईएको छ । त्यस्तै जसिन्डा परिवार सहित केही समय छुट्टी मनाउन बिदेश जाने पनि बताईएको छ ।


