कैलाली र बाँकेबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

घटना नेपाल

 प्रहरीले कैलाली र बाँकेबाट जुवातास खेलिरहेका १३ जना पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ । 

यता बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *