को–को विरुद्ध पर्‍यो उजुरी ?

घटना राजनीति

निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारविरुद्धको उजुरी दर्ता गरेको छ । आयोगले एक सय ६५ निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरी लिए पनि कति संख्यामा परे भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उजुरी प्रधानमन्त्री शेरबहादुर देउवादेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीविरुद्धसम्म परेको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले परेका उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी उम्मेदवारी कायम रहने–नरहनेबारे टुंगो लगाउने बताए । ‘उम्मेदवारविरुद्ध उजुरी परेका छन् । उजुरीबारे सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी उजुरी पुष्टि हुने आधार भेटेमा उम्मेदवारी रद्द गर्ने र नभएमा उम्मेदवारी कायम रहनेबारे टुंगो लगाउनेछ,’ उनले भने, ‘यसको अधिकार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई नै रहन्छ । केन्द्रमा जानकारी गराउनुपर्ने बाध्यता रहँदैन । आयोग केन्द्रमा के–कति संख्यामा उजुरी परे र कस्ता उजुरी परे भन्ने जानकारी आएको छैन ।’प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को व्यवस्थाअनुसार कुनै उम्मेदवारविरुद्ध अर्को उम्मेदवारले आफैँ या प्रतिनिधिमार्फत उजुरी गर्न सक्ने व्यवस्था छ । परेका उजुरीका सम्बन्धमा छानबिन भइरहेको आयोगले जनाएको छ । आयोगले कार्यतालिकाअनुसार मंगलबार ५ बजे नामावली प्रकाशन गर्ने जनाएको छ । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यताको आधारमा उजुरीको टुंगो लाग्ने बताए । वाग्लेले ऐनमा रहेको व्यवस्थाका आधारमा निर्वाचन अधिकृतले जाँचबुझ गर्ने र त्यसको आधारका अयोग्य घोषणा गर्न सक्ने बताए । 

देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक रहेको उजुरी

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको उजुरी परेको छ । उनीविरुद्ध अर्का उम्मेदवार कर्ण मल्लले उजुरी गरेका हुन् । उजुरीमा नागरिकतामा २००३ जेठ ३१ जन्ममिति उल्लेख भएको र मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख गरिएको छ । मल्ल बिपी कांग्रेसबाट उम्मेदवार रहेका छन् । 

अनौपचारिक जानकारी आफूले पाएको निर्वाचन अधिकृत पौडेलले बताए । गगन थापा र राजन भट्टराईविरुद्ध टिकटको फर्म्याट नमिलेको भन्दै उजुरीकाठमाडौं–४ मा कांग्रेसबाट उम्मेदवार रहेका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका ठाकुरमोहन श्रेष्ठले मनोनयनका क्रममा पेस गरेको टिकटको फर्म्याट नमिलेको भन्दै उजुरी परेको छ । काठमाडौं– ४ की निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार तीनजनाविरुद्ध एकै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार दीपककुमार पोखरेलले उजुरी दिएका हुन् । ‘पार्टीको लेटरप्याडमा राख्दा अनुसूची ७ बमोजिमका ढाँचा नमिलेको भन्दै एकै निवेदनमा तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *