गत हप्ता अस्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल फर्किने

खेलकुद

काठमाडौं । गत शुक्रबार अस्ट्रेलिया उडेका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन् ।

विमलले सोमबार सामाजिक सञ्जालमार्फत आफू एनएसएलका लागि नेपाल फर्किने जनाएका हुन् । विमलले चितवन एफसीबाट एनएसएल खेल्नेछन् । सामाजिक सञ्जालमा एक पोस्टमार्फत विमलले चितवनले आफूलाई ‘आइकोनिक प्लेयर’को रुपमा टिममा राख्दै खेल्ने मौका दिएको धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *