गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास

घटना नेपाल

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो ।

१०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको छ ।कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । ‘कार्यालयबाट घर फर्कंदै थिएँ, सखुवाप्रसौनी–५ बलुवा पुग्ने बित्तिकै १०/१२ जनाको संख्यामा आएका गुण्डा प्रवृत्तिका मानिसहरुले आक्रमण गरे’, उनले भने, ‘मलाई त केही भएको छैन, तर दुई जना घाइते भएका छन् ।’

गाउँपालिकाका प्रमोद यादव, अनिल पटेल, रामबाबु यादव लगायतले ज्यान मार्ने प्रयास गरेको अध्यक्ष यादवको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *