गार्सिनिया कम्बोजिया बेचेको पाइएमा प्रहरीलाई खबर गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग को अनुरोध

घटना

तौल घटाउने भन्दै बिक्रीवितरण भइरहेको गार्सिनिया कम्बोजिया बेचेको पाइएमा जानकारी दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ।
विभागले सूचना प्रकाशित गरी गार्सिनिया कम्बोजिया नाम गरेको आहारपूरक खाद्यपदार्थको झूटो अनुज्ञापत्र नम्बर राखेर बिक्रीवितरण गरिएको उल्लेख गरेको छ। यसका विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ।
गार्सिनिया कम्बोजियालाई नानो फुड नेपाल प्रालिले उत्पादन गरेको छ भने जीटीएम हर्बल प्रालिले बिक्रीवितरण गरेको छ। यसको उत्पादन र बिक्रीवितरणका लागि अनुमति नलिइएको विभागले जनाएको छ।

यस प्रकारको नक्कली उत्पादनले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने जनाउँदै विभागले बेचिएको पाइएमा जानकारी दिन भनेको हो। विभागले भनेको छ, ‘यस प्रकारको नक्कली उत्पादनको उपभोगबाट मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने हुँदा सम्पूर्ण उपभोक्तामा सजग रहन तथा कहींकतै बिक्रीवितरण भएको देखिएमा विभाग वा विभाग मातहतका कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ।’
गार्सिनिया कम्बोजियाबारे हिमालखबरले विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो। गार्सिनिया कम्बोजियासँगै अन्य तौल घटाउने औषधि तथा आहारपूरक खाद्यपदार्थबारे पनि विभागले अनुसन्धान थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *