घडी हेर्दै गर्नुहोला, दोषी ठहरिए सांसद ढाकाकुमार श्रेष्ठलाई अबको ७० घन्टाभित्र कारबाही गर्छौं: रवि लामिछाने

नेपाल घटना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि ७२ घन्टे स्पष्टीकरण सोधेको बताएका छन्।स्पष्टीकरण सोधेको २ घन्टा बितिसकेको र अब ७० घन्टा बाँकी रहेको लामिछानेले बताए।आज बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको बताए।

अडिओ सार्वजनिक हुनेवित्तिकै सांसद ढाकाकुमार श्रेष्ठलाई हामीले ७२ घन्टाको अल्टिमेटम दिएका छौं। यो विषयमा छानबिन नसकुन्जेल उहाँलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी गराउँदैनौं,’ उनले भने, ‘घडी हेर्दै गर्नुहोला अबको ७० घन्टाभित्र छानबिन गरी दोषी पाइएमा कारबाही गरिन्छ।’

उनले सांसद श्रेष्ठ दोषी पाइएमा कारबाही गरिने र सांसदबाट फिर्ता बोलाइने तथा उनको ठाउँमा अर्को व्यक्तिलाई सांसद बनाउने पनि बताए।

अडिओमा भनेजस्तो मेरा वरपरका कोही रहेछन् भने तिनीहरूलाई कति पर पुर्‍याउनुपर्छ मलाई थाहा छ,’ उनले भने। चुनावका मुखमा अडिओ सार्वजनिक भएको उनको भनाइ थियो।उनले यस घटनाबारे अनुसन्धान गर्न प्रहरी र अख्तियारलाई आग्रह गर्न आफैं निवेदन लिएर जानेसमेत बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *