चितवनको रत्ननगरमा डेङ्गुबाट एकजनाको मृत्यु

घटना नेपाल

चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर-१ का २७ वर्षीय पुरुष रहेका छन्।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ। दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो। जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *