जनकपुरमा ‘रामजानकी इन्टरनेश्नल स्टेडियम’ को डिपिआर गरिदै 

कला

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम निर्माणको लागि डिपिआर निर्माण गर्ने भएको छ ।  सर्वाधिक चर्चित मानिएको रामजानकी स्टेडियमको डीपीआर असोजको तेस्रो हप्ता भित्रै गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मुख्यमन्त्रीयादवले बताएका छन् ।

भारत सरकारबाट प्राप्त १ सय करोड अनुदान रकम र बाँकी मधेश प्रदेश सरकारको लगानी रहने स्टेडियमको डीपीआरको काम अगाडिबढाउने निर्णय भएको छ’ उनले भने, स्टेडियम निर्माणगरी ११ औं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा सरकार लागेको छ ।स्टेडियमका लागि २० बिघा भन्दा बढी जमिन गुठी संस्थानले उपलब्ध गराएको छ । बहुउद्देश्यीय रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुसमेतको आयोजना गर्न मिल्ने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा १ सय करोड रुपैयाँ दिनेघोषणा गरेका थिए । तर प्रदेश सरकारले योजना नदिँदा सो रकम अलपत्र परेको थियो । 

स्टेडियम निर्माणका लागि भारतीय अनुदान रकम लगायत भारतीय राजदूतावासले ‘ग्रीन सिग्नल’ दिइसकेको छ । ५० लाख भन्दामाथिको विकास योजनाको टेण्डर गर्न मन्त्रीहरुलाई मुख्यमन्त्री यादवले निर्देशन दिएका छन् ।‘टेण्डर प्रक्रियालाई तत्काल अगाडिबढाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ’ उनले भने, समयमै विकासका योजनाहरु पूरा गर्न सरकार लागेको छ ।असोज २१ गते प्रदेशसभाको बैठक आह्वान गरिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस अगावै मन्त्रालयहरुलाई कार्यविधि बनाइसक्न र आवश्यकविधेयकहरु तयार गर्न निर्देशन दिएको छ । 

मन्त्रालयहरुलाई बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाएर अगाडि बढ्न भनिएको मुख्यमन्त्री यादवले बताए ।असोजदेखि पर्व त्यौहार मनाउँदै विकास निर्माणको कार्यलाई अगाडि बढाइने छ ।  विकास निर्माणको कार्यलाई नियमित रुपमाअनुगमन गर्न मुख्यमन्त्री कार्यालयका एकजना सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले ८वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी प्रतिवेदन सरकारलाई दिने बताइएको छ । आर्थिक अनियमिततालाई रोक्न प्रदेशसरकारको सबै योजनाको नियमित अनुगमन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *