
व्रतवन्ध, गायत्री मन्त्र र जनै एक अर्कामा सम्बन्धित छन् । मन्त्र र जनै एक सिक्काको दुइ पाटा पनि हुन, ब्रतवन्ध नगरी जनै लगाइदैन । जनै पहिरेपछि कर्म खुल्दछ, पित्री कार्यमा जनै लगाएको मात्र ग्राहिय मानिन्छ, जनै कलि युगमा काँचो धागोको बनाइएको हुन्छ, जनै लगाए जसरि आउने खटिरालाई जनै खटिरा भनिन्छ, जनैको नौ डोरामा नौ, देवताको बास हुन्छ, जनैको गाठोलाई ब्रह्म भनिन्छ । जनै लगाउने जातिलाई द्विजाती भनिन्छ ।
जनै लगाएपछी मात्र मन्त्र फुक्दछ, जनै पित्री तथा देव कार्यमा नभै हुँदैन, जनै नलगाउनेले कपडाको फेरो वा कुश काधमा राख्छन, जनै एक पबित्र पहिरन हो । जनैको गाठो पोलेर खरानी लाए भुत्प्रेत्ले छुदैन भनिन्छ औषधी पनि हुन्छ भन्ने भनाइ छ । जनै पबित्र भएको हुँदा सत्यताको लागी जनै छोएर कसम, खाने पनि गरिन्छ, जनै लगाउदा पनि मन्त्र भन्नु पर्छ, फुकाल्दा पनि मन्त्र भन्नु पर्छ । जुठो सुतक परेमा जनै फेर्नु पर्छ, मैलो वा धेरै पुरानो भए फेर्नु पर्छ, जनै ३ डोरे, ६ डोरे ९ डोरे हुन्छ् आपद्पिपद्मा जनै छोएर डर भगाउने गरिछ, जनै छोएर कसम खाने पनि गरिन्छ । अन्त्यमा जनैलाई धागोको, त्यान्द्रो मात्र हो भन्नु गलत हो ।


