जमुनिया खोला सखुवाप्रसौनी गाउँपालिका-०१ को हो :~ अध्यक्ष यशवन्त यादवको

घटना

बीरगञ्ज ५ पुष । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पत्रकार सम्मेलन गरी जमुनिया खोला सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत रहेकोले  पटेर्वासुगौली गाउँपालिकाले जथाभावी सिमाङ्कन गरी टेन्डर आह्वान गरेकोमा सो खारेज गर्नुपर्ने माग गरेका छन्।
आज नेपाल पत्रकार महासङ्घ प्रसाद शाखामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सखुवा प्रसौनी गापा वडा नं. १ मा रहेको जमुनिया खोला साविकको मधुवन मथवल गाविसमा अवस्थीत तथा हाल गाउँपालिका स्थापना भएपश्चात सो मधुवन मथवल गाविस सखुवाप्रसौनी गाउँपालिकाको वडा नं. १ हुन गएको बताए । यसरी हेर्दा तत्कालिन मधुवन मथवल गाविस सखुवाप्रसौनी गाउँपालिकामा समायोजन हुन गएकोले सो गाविसमा पर्ने सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने भएको अध्यक्ष यादवले दाबी गरे।

उनले सखुवाप्रसौनी गाउँपालिका वडा नं.१ मा पर्ने जमुनिया खोलाको टेण्डर पटेर्वासुगौली गाउँपालिकाले आफूखुसी सिमा निर्धारण गरी मिति २०८० कार्तिक ३ गते टेन्डर गरेकोमा घोर आपति जनाएका छन्। सो टेण्डर बदर गरी सिमाँकन निर्धारण गरी मात्र टेण्डर गर्न माग समेत अध्यक्ष यादवले गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *