जावलाखेलमा बेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु

घटना

काठमाडौं : ललितपुरको जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार सिन्धुपाल्चोक घर भई हाल जावलाखेल बस्दै आएका उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको मृत्यु भएको हो। 

प्रहरीका अनुसार बेहोस अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उनीहरूलाई साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *