
जितपुर सिमरा, बारा –
जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा राजनीतिक प्रतिसोधको विरुद्धमा सञ्चालित जनताको हस्ताक्षर अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको छ।
सामाजिक अभियन्ता तथा राजनीतिज्ञ रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियान अन्तर्गत आज जितपुर सिमराका स्थानीय बासिन्दाहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गर्दै आफ्नो ऐक्यबद्धता जनाएका छन्।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले राजनीतिक स्वार्थका कारण जनप्रिय नेतामाथि गरिएको ज्यादतीको घोर भर्त्सना गर्दै निष्पक्ष न्यायको माग गरेका छन्। उनीहरूले जनमतको अपमान गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने र राजनीतिक प्रतिसोध लोकतान्त्रिक मूल्य विपरीत रहेको जनाएका छन्।
“रवि लामिछानेमाथिको अन्यायको विरोधमा हामी सबै नेपाली एकजुट हुनुपर्छ,” एक सहभागीले बताए, “यो अभियान केवल व्यक्तिको पक्षमा होइन, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा हो।”
कार्यक्रममा महिला, युवादेखि वृद्धसम्मको उल्लेखनीय उपस्थिति थियो। हस्ताक्षर संकलन अभियानमा QR कोडमार्फत पनि डिजिटल सहभागिता सुनिश्चित गरिएको छ।
उक्त अभियानको संयोजन स्थानिय स्वयंसेवक समूहले गरेका हुन्, जसले आगामी दिनमा अन्य वडाहरूमा पनि हस्ताक्षर संकलनलाई विस्तार गर्ने जनाएका छन्।


