टी–२० विश्व कप क्रिकेटमा आज इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्ड खेल्दै

खेलकुद

टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।मेलवर्नमा आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।

हिजो भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो ।अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् ।हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *