
पर्सागढी, २०८२ असार २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि भइरहेको अन्यायको विरुद्धमा पर्सागढीका विभिन्न गाउँहरूमा “जनताको हस्ताक्षर अभियान” सञ्चालन गरिएको छ।
डॉ. चन्द्र भूषण सिंहको अगुवाइमा भएको उक्त अभियानमा स्थानीय किसानहरू खेतको काम छोडेर सिधै सहभागी भए। माटोले लतपतिएको अवस्थामा आएका किसानहरूले भावुक हुँदै भने, “हामीलाई थाहा छ, रवि निर्दोष छन्।”
हस्ताक्षर अभियानमा सयौं नागरिकको उपस्थिति थियो, जसले यो अभियान कुनै राजनीतिक प्रचार नभई जनभावनाको अभिव्यक्ति भएको देखायो।
अभियानमा सहभागी जनसमुदायले रविलाई न्याय दिन सबै सरोकारवालालाई अपील गरेका छन्।



