
तराईमा फेरि तातो हावा चल्न थालेको छ । वर्षाका कारण डेढ साता तापक्रम घट्दा जनजीवन सहज भएकोमा पश्चिम तराईमा दुई दिनदेखि फेरि तापक्रम उच्च वृद्धि भई तातो हावा चल्न थाल्यो लागेको छ ।
वैशाखमा अन्य क्षेत्रको तुलनामा पश्चिम तराईमा कम पानी परेको थियो । अहिले तापक्रम पनि त्यस क्षेत्रमा बढी छ,’ कँडेलले भनिन्, ‘तराईमा यो साताभर नै तातो हावा र तातो हावाको लहर चल्ने देखिन्छ ।’
भैरहवा, नेपालगन्ज र धनगढी क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । त्यसबाहेक मध्य र पूर्वी तराईको तापक्रम पनि बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा गराउने प्रणाली निष्क्रिय हुँदा देशभरकै तापक्रम बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तातो हावासम्बन्धी विशेष बुलेटिन जारी गर्दै ६ जेठसम्म देशभरको तापक्रम बढ्ने र तराईमा अत्यधिक गर्मी हुने चेतावनी दिएको छ । ‘विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ महाशाखाले भनेको छ, ‘६ जेठसम्म तराईमा तातो हावा र तातो हावाको लहर चल्ने सम्भावना रहेको बताएको छ ।