दल त्याग गरेपछि रौतहटको मौलापुर नगरपालिकाकी मेयर साहको पद रिक्त

नेपाल घटना

काठमाण्डाै – रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो ।

एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

२०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आमजनता पार्टीमा प्रवेश गर्नुभएको छ । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गर्नुभएको दल हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *