दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट चौधरीको मृत्यु

घटना नेपाल

रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए । स्रोत:- अनलाइन खबर ड्ट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *