दसैँमा घर जाने सैनिक तथा परिवारलाई हवाई तथा स्थल यातायात सुविधा

घटना

काठमाडौं । नेपाली सेनाले बडादसैँमा घर जाने बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको छ । 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त प्रयोजनको लागि असोज २१ गतेदेखि ३० गतेसम्म मुलुकका विभिन्‍न स्थानहरुबीच स्थल तथा हवाई यातायात सञ्चालन गरिएको छ ।

सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी÷हिमाली क्षेत्रलगायत लामो दुरीका गन्तव्यमा हवाई उडानमार्फत ६०५ जनालाई घर पठाइएको सेनाले जनाएको छ ।

निर्देशनालयका अनुसार हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यात्रा गरिसकेका छन् । यसपटकको यातायात सुविधा आगामी कात्तिक ०२ गतेसम्म सञ्चालन हुनेछ ।

????????????????????????????????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *