
अन्य समयमा कामको चटारोले हामी खाना राम्रोसँग बनाउन र खान पनि फुर्सद पाउँदैनौं।अहिले दसैंका बेला फुर्सदले घरमा बसिरहनुभएको होला। तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनुभएको छ भने हामी तपाईंलाई खसीको फिला बनाउने तरिका सिकाउँछौं।
यो बनाउन तपाईंलाई ५५ मिनेट लाग्छ।
आवश्यक सामग्रीः
३ केजी खसीको खुट्टा
नेपाली लसुन ६ पोटी
३ चम्चा सोंपको धुलो
भुटेको तोरीको तेल
नुन र मसलाको पेस्ट
मरिचको धुलो
तेजपत्ता
३० ग्राम दही
माथिका सामानहरू तयार छन् भने अब खसीको फिला बनाउनतिर लाग्नुहोस्।पहिला खसीको खुट्टालाई चिरा चिरा पार्नुहोस्। अब मसलाको पेस्ट र लसुनलाई मासुको भित्रसम्म पुग्ने गरी मोल्नुहोस्।
त्यसमाथि तोरीको तेल र तेजपत्ता हालेर फ्रिजमा रातभरि छाडिदिनुस्।
त्यसलाई पकाउने समयमा कोठाको सामान्य तापक्रममा ल्याउनुहोस्।
ओभनलाई २ सय २० डिग्री सेन्टिग्रेडसम्म ‘प्री हिट’ गर्नुहोस्।किचन स्ट्रिङ (धागो) ले मासुलाई खुकुलो गरेर बाँध्नुहोस्।
त्यसपछि रोस्टिङ-टिन माथि सुरूमा सुकेको मसला राखेर त्यसमाथि मासु राख्नुहोस्।
अब त्यसलाई २५ मिनेटसम्म पकाउनुहोस्। अब ओभनको तापक्रम १ सय ८० डिग्री सेन्टिग्रेडसम्म ल्याउनुहोस्।अब ओभनबाट मासु निकाल्नुहोस्।त्यसलाई आलुमिनियम फोइलले १५ देखि २० मिनेटसम्म छोप्नुहोस्।
अब स्वादिष्ट खसीको फिला तयार भयो।


