दी बर्नीङ ब्याण्ड ले फुलपाती को दिन सास्कृतिक कार्यक्रम गर्ने, कार्यक्रम को मुख्य आकर्षण Robin & The New Revolution

कला नेपाल

नेपाली हरुको महान चाड  विजय दशमी को अवसरमा फुलपाती को दिन सीमरामा सांगीतिक कार्यक्रम हुने भएको छ । विजय दशमीको अवसरमा प्रत्येक वर्ष  सांगीतिक कार्यक्रम हुदै आएको थियो। पछिल्लो केही वर्ष कोभिड १९ का कारण कार्यक्रम हुन नसकेको भएता पनी  सदाझै यसपाली पनी असोज १६ गते को दिन साँझ ४ बजे वडा नम्बर २ को कार्यालय अगाडी  राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितीमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

स्थानीय युवाहरुको सहभागिता रहेको दी बर्नीङ ब्याण्डले कार्यक्रमको मुख्य आयोजना गर्न लागेको हो । कार्यक्रमका लागी सम्पूर्ण तयारी सुरु भइसकेको ब्याण्डका अध्यक्ष बिजय बमजम ले जानकारी दिए । कार्यक्रम को मुख्य आकर्षण युवाहरुको ढुकढुकी  Robin & The new Revolution साथै  दी योङ नीति ब्याण्ड को विजोड प्रस्तुती रहेको छ भने बिभीन्न स्थानीय कलाकार हरु ले आफ्नो कला देखाउदै सबै को मन जीती कार्यक्रम लाई थप रोमाञ्चक बनाउने बताउनुभयो।

सोही अवसरमा वडा कार्यालयको  खुल्ला चौरमा स्थानीय युवाको सक्रियतामा सांगीतिक कार्यक्रम र श्रष्टा सम्मान कार्यक्रम हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *