दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी

सबै

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।

क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। आँखामा चोट लागेको छ। ’उनकाअनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो। सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो।

दुर्घटनामा परेका सौर्य एयरलाइन्समा चालक दलका दुई जना सदस्यसहित १९ जना थिए। ‘उनीहरू सबै सौर्य एयरलाइन्सकै कर्मचारी भएको बुझिएको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ।’घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जानकारी प्राप्त भएको छ । विस्तृतमा आउँदै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *