ध्यानमा कुलमान घिसिङ, गेरुवस्त्र लगाएका तस्बिरसँगै नाचिरहेको भिडियोहरु सार्वजनिक

कला

ओशो तपोवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन्। प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित रातो बस्त्र लगाएर ध्यानमा छन्।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो। राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङसहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्।

घिसिङ ओशो तपोवन पुगेपछि गेरुवस्त्र लगाएका तस्बिरसँगै नाचिरहेको भिडियोहरु सार्वजनिक भएका छन्। शुक्रबारसाँझ उनीहरुले कुण्डलिनी ध्यान गरेका थिए। शनिबार बिहान एउटा ध्यान र योगा गरेका छन्। दिउँसो समयमा अर्को ध्यानमा बसेको र यो क्रम साँझ ५ बजेसम्म निरन्तर रहने छ। शनिबार साँझ ध्यान सकेर घिसिङ फर्कनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *