राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिने बाटो खोलिदिएकोमा आपत्ति जनाएका छन् । आज बसेको अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिने बाटो खोलेकोमा सांसद ढकालले आपत्ति जनाएका हुन् ।
यस विषयमा सांसद ढकालले ५ बुँदे फरक मत प्रस्तुत गरेका छन् । नेपालमा प्रतिस्पर्धात्मक पुँजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक रहेको तर हाल रहेको नेप्सेको पुनर्संरचना नगरी नयाँ स्टक ल्याईनु आपत्तिजनक भएको उनको भनाई छ।
यस्ता छन् उनको ५ बुँदे आपत्ति :
१) नेपालमा प्रतिस्पर्धात्मक पुजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक छ तर नेपाल रहेको एक मात्र नेप्सेको पुनर्संरचना नगरी नयाँ स्टक ल्याईनु आपत्ति जनक छ।
२) दिपावली चाडको माहोलमा मानिस भुल्ने मौका छोपी दीपावलीको बिदा हुने अन्तिम दिनको ७ बजेको समयको अफ आवरमा अर्थ समितिको बैठक डाकी किन, कसको लागि र कति पैसा लिएर कसले यो बैठक डाकी बिबादास्पद स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि सार्यो ? यसको हिसाब किताब पक्कै नेपाली जनताले माग्नेछन। दलालका मतियारहरु हिसाब किताब बुझाउन तयार भएर बस्नुहोला।
३) विभिन्न पत्र पत्रीका र समाचार माध्यमको समाचार अनुसार नयाँ स्टक एक्सचेञ्जको लागि ६ अर्वको घुसको डिल हुदैछ रे। खबरदार पैसाको लागि आफ्नै आमा बेच्न सम्म तयार हुने दलालहरु! हामी तिम्रा घुसिया सपना पूरा हुने दिने छैनौं।
४) हामी स्वस्थ प्रतिसपर्धाबाट आउने स्टक एक्सचेञ्जको पक्षमा छौ न कि अर्वौको भ्रष्टाचारको पहाडमा उभिएर आउने स्टक एक्सचेञ्जको।
५) आज धन्तेरसको दिन सर्वसाधारणले तामाका भाडाकुडा जोड्छ्न तर यता दलालले त सिङ्गो स्टक एक्सचेञ्ज जोडेछन तर होसियार भ्रष्टहरु! हामी यसको भण्डाफोर गर्नेछौं।
