नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला

सबै

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ मा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।

कन्टिनेन्टल बोर्डिङ स्कुल नजिक नारायणी नदी किनारमा गएराति अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले बताएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *