न्युजिल्याण्डमा सुरु भयो नयाँ वर्ष, आतिशबाजी सहित स्वागत गरियो सन् २०२४ लाई

अन्तर्राष्ट्रिय

न्युजिल्याण्डमा नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । न्युजिल्याण्ड समय अनुसार राती १२ बजे सँगै नयाँ वर्ष सुरु भएको हो । नेपाली समय भन्दा न्युजिल्याण्डको समय ७ घण्टा १५ मिनेट अगाडि छ । नयाँ वर्षको स्वागतका लागि देशको मुख्य शहर अकल्याण्ड, वेलिङटन, क्राइसचर्च, तउरङा, रोतोरुवा, नेल्सन, डुनेडिनलगायतका ठाउँमा मानिसहरुको बाक्लो उपस्थिती थियो ।

न्युजिल्याण्डका अधिकांश शहरमा आतिशबाजी सहित नयाँ वर्षको स्वागत गरिएको हो । कोरोनाका कारण सन् २०२१ र २०२२ गरि २ वर्ष न्युजिल्याण्डमा नयाँ वर्षको अवसरमा भव्य कार्यक्रम भएको थिएन । गत वर्ष बाट भने देशभर हर्षोउल्लासका साथ नयाँ वर्षलाई पुन: स्वागत गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *