न्युजिल्याण्डमा हाईकिङ गर्न गएका नेपाली युवा सम्पर्कबिहिन

घटना

हाईकिङका लागि हिडेका एक नेपाली युवा न्युजिल्याण्डमा सम्पर्कबिहिन भएका छन् । २५ वर्षिय सुनिल बार्देवा हिजो बिहान देखि सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ ।

न्युजिल्याण्ड प्रहरीका अनुसार सन्जीव बुधबार बिहान हाईकिङका लागि कुईन्स्टाउनको Wye Creek Track मा अन्तिम पटक देखिएका थिए । बेलुकासम्म नफर्किएपछि उनका साथीहरुले सन्जीव हराएको रिपोर्ट प्रहरीसमक्ष गरेका थिए ।

प्रहरीले उनलाई सो क्षेत्रमा देख्नेले सम्पर्क गर्न समेत बताएको छ ।

नेपाली वर्णका सन्जीवको कुमसम्म कालो कपाल रहेको, कालो/खैरो ज्याकेट, हाइकिङ जुत्ता र बेनी, र बेज कार्गो प्यान्ट लगाएका थिए । उनले कालो झोला, एउटा हाइकिङ पोल र कालो DSLR क्यामेरा बोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *