
महारानी एलिजाबेथको निधनको शोकमा आउदो सेप्टेम्बर २६ सोमबार दिउसो २ बजे देशभर एक साथ मौनधारण गरिने भएको छ । सरकारले रानीको सम्झनामा आफु जहाँ भए पनि दिउसो २ बजे सबै एक साथ उठेर मौन धारण गर्न अनुरोध गरेको छ ।
रानीको ७० वर्षिय कार्यकालको सम्मानमा देशभर एक साथ मौन धारण गर्न लागिएको उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसनले बताएका छन् । २६ सेप्टेम्बरको दिन न्युजिल्याण्डमा सार्वजनिक बिदा दिने सरकारले यसअघि नै घोषणा गरेको छ । उक्त दिन देशको राजधानी वेलिङ्टनमा रानीको सम्झनामा स्मृति सभाको आयोजना समेत गरिने छ ।


