
पर्सागढी नगरपालिकाको पुर्वमेयर लोक नारायण यादव को पालामा नियुक्ती गरीएको १२ जना स्वास्थ्यकर्मीलाई विना तलब काम लगायर श्रम शोषण गरेको पाईएको छ।
पर्सा जिल्ला को पर्सागढी नगरपालिका को लागी नेपाल सरकार को माध्यमबाट आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पुर्व मेयर लोक नारायण यादव ले तिन वर्ष पुरानो विज्ञापन मा प्रकृया अनुसार नि. प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव ले १२ जना स्वास्थ्यकर्मीहरू जसमध्ये ४ जना अहेव, ४ जना अनमी र ४ जना कार्यालय सहयोगी नियुक्ती गरीएको थियो। गत वर्ष चैत १ गते बाट नियुक्तिपत्र मा स्वास्थ्यकर्मीहरूले आज ६ महिनासम्म पनि तलव भत्ता नपाउनाले काम गर्ने हौसला मा कमी आएको बताउँछन्।
स्वास्थ्यकर्मी भनेको राष्ट्र को अभिन्न अङ्ग हरु मध्ये एक हो जसले कोरोना समयमा होस या आपत्कालीन समय मा आफ्नो स्वास्थ्य को ख्याल नराखी दिन रात सर्वसाधारण को सेवामा खटीएको हुन्छ जसलाई राज्य ले उच्च सम्मान गरेता पनी पालीका स्तर बाट राजनीति गर्ने थलो बनाईएको छ। स्वास्थ्यकर्मीहरूलाई हौसला र स-सम्मान का साथ मा काम गर्ने वातावरण बनाउनुपर्ने ठाउँ मा काम गरेको ज्याला समेत नपाउदा उक्त स्वास्थ्यकर्मीहरू बाट निःस्वार्थ राज्य सेवा को के आस गर्न सकीन्छ?
यसैविच पर्सागढी नगरपालिका को गोकर्ण पाठक सँग कुरा गर्दा पुर्व मेयर ले आचारसंहिता लागु भएपछी गरीएको नियुक्ती भएर यस बिषय मा केही बोल्न नमील्ने बताउनुहुन्छ। नियुक्तको फाइल हरु मैले धेरै पहिला देखी मागेको भएतापनी समय मा प्राप्त नभएकाले छलफल गर्न सकीएको थिएन तथापी अहिले फाइलहरू प्राप्त भइसकेको ले अब चाडै निष्कर्ष मा पुग्ने बताउनुहुन्छ।

मैले नियुक्ती गरेको कर्मचारीलाई कुनैपनी हालतमा तलब खुवाउछु भन्दै पर्सागढी नगरपालिका को नि. प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव ले टेलिफोन मार्फत बताउनुभयो। अघिल्लो आर्थिक वर्ष को तलब बजेट सकीएको र नयाँ आर्थिक वर्ष को खाता समेत सन्चालन मा नआईएको नयाँ नियुक्तीहरुलाई तलब भत्ता पाउन ढिला भएको बताउनुहुन्छ। पुर्वमेयर ले बिशेष नगरसभा बाट आधारभूत स्वास्थ्यकर्मीहरूलाई तलब को निम्ति छुट्याईएको १२ लाख के गर्नुभयो भन्ने प्रश्न मा भन्नुहुन्छ कुनै व्यक्तिको लागी भनेर छुट्याईएको हुँदैन तलब बजेट एउटै शीर्षक भएकोले पुरानो नियुक्तीहरुलाई तलब खुवाएर सकेको ले नयाँ नियुक्ती हरुलाई तलब खुवाउन नपाएको ले स्वास्थ्यकर्मीहरू निराश भएको बताउनुहुन्छ।।


