
वीरगंज, २१ भदौ/
मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशसभा सदस्य निर्वाचनको लागि पर्सा जिल्लाका राजनीतिक दलबाट नाम सिफारिश हुने क्रम जोडतोडका साथ शुरू छ ।
सत्ता गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, जसपाबाट पनि उम्मेदवार छनोट गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । केन्द्रस्तरमा कार्यदल बसेर उम्मेदवारहरूको टुङ्गो लगाउन नसके पनि जिल्लास्तरमा क्ष्Fेत्रीय समन्वय समिति, जिल्ला कमिटीबाट नाम सिफारिश हुने क्रम जारी छ । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि २०७४ सालको निर्वाचनमा पर्साको चारवटै निर्वाचन क्ष्Fेत्रबाट जसपाका उम्मेदवार विजयी भएका थिए ।
अहिले पर्सा क्ष्Fेत्र नं १ बाट गत चुनावमा निर्वाचित वर्तमान वन तथा वातावरणमन्त्री प्रदीप यादवको एकल नाम जसपाले सिफारिश गरेको छ । यसैगरी क्षेत्र नं २ बाट चारजनाको नाम सिफारिश भएको छ । पूर्वमन्त्री करीमा बेगम, जनार्दन यादव, सुरेन्द्र कुर्मी र चन्दन यादवको नाम सिफारिश भएको छ । क्षेत्र नं. ३ बाट डा. मधु गुप्ता र भरत यादवको नाम सिफारिश भएको छ । डा गुप्ता निलम्बित सांसद हरिनारायण रौनियारकी छोरी हुन् । रौनियार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि निलम्बित भएका छन् । अहिलेसम्म उनको मुद्दाको टुङ्गो लागेको छैन । त्यसैले उनको स्थानमा डा गुप्ता चुनावको लागि सिफारिश भएकी हुन् ।
क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिश भएको छ ।
क्ष्Fेत्र नं. १ (क) बाट प्रदेशसभामा जन्नत अन्सारी, फिरोज मियाँ मन्सुरी, बृजमोहन तिवारीको नाम सिफारिश भएको छ । ‘ख’ बाट मुख्यमन्त्री लालबाबूराउत गद्दीको नाम सिफारिश भएको
छ ।
क्षेत्र नं. २ को (क) बाट रामनरेश यादव, वीरेन्द्र यादव, विपिन यादव, ‘ख’ बाट कामेश पण्डित, प्रेमबाबू पटेल, मुकेश द्विवेदी, रूपेशमान सिंह, सञ्जीवकुमार यादव र मञ्जु गिरीको नाम सिफारिश भएको छ ।
क्षेत्र नं. ३ को (क) बाट शिवकुमार साह, प्रमोद जयसवाल, मन्जुर अन्सारी, अनिलराउत कुर्मी र (ख)बाट गौरीशङ्कर साह, शिवजी सोनीको नाम सिफारिश भएको छ ।
क्षेत्र नं. ४ को (क)बाट मोहनलाल चौधरी र (ख)बाट सिंहासन साह कलवारको नाम सिफारिश भएको छ ।
यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्ताको पनि एकल नाम सिफारिश भएको छ ।
नेपाली काङ्ग्रेसले पर्सा क्षेत्र नम्बर ३ र ४ बाट एकल नाम सिफारिश गरेको छ । क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्रीसमेत रहेका सुरेन्द्रप्रसाद चौधरी र ४ बाट केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिश भएको नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दनसिंह क्षत्रीले जानकारी दिए ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोको नाम प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्ष्Fेत्र नं. ३ बाट सिफारिश भएको छ ।
मङ्गलवार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा लोसपाका वरिष्ठ नेता महतोको एकल नाम सिफारिश गरेको लोसपाका नेता निजामुद्दीन समानीले बताए । बैठकले क्ष्Fेत्र नं. ३ (क)बाट शिवपूजन साह गोढ, (ख)बाट निजामुद्दीन समानी, मालती कुशवाहाको नाम सिफारिश गरेको छ ।
यसैगरी नेपाली काङ्ग्रेस पर्साले पनि सङ्घीय सांसद र प्रदेश सांसदको उम्मेदवारहरूको नाम सिफारिश गरेको छ, जसमा केही क्षेत्रमा सिफारिश भइसकेको छ भने केही क्षेत्रको नाम आउन बाँकी छ ।
नेपाली काङ्ग्रेस पर्साको विभिन्न क्षेत्रीय समितिको निर्णय अनुसार पर्सा क्षेत्र नं १ मा सङ्घीय सांसदमा अनिल रूँगटा, अजयकुमार द्विवेदी, २ मा अजयकुमार चौरसिया, ३ मा सुरेन्द्रप्रसाद चौधरी, ४ मा रमेश रिजालको नाम सिफारिश भएको छ । त्यसैगरी प्रदेश सभातर्फ १ क मा रामनारायण कुर्मी, अरविन्द गुप्ता, जाकिर अन्सारी, १ खमा विजय सर्राफ, दिनेश पन्त, २ कमा राजेश्वरसाह तेली, नितेन्द्र साह तेली, लोकनारायण यादव,२ खमा रामरूप कुर्मी, शहाबुद्दिन अन्सारी, ओमप्रकाश शर्मालगायतको नाम सिफारिश भएको छ ।
त्यसैगरी ३ कमा नाम टुगो लगाउन सकिएको छैन । ३ खमा जिल्ला सभापति जनार्दनसिंह क्षत्रीको एकल नाम सिफारिश भएको छ । त्यसैगरी पर्सा क्षेत्र नं ४ कमा शङ्कर चौधरी, ४ खमा किशोरकुमार कलवारको एकल नाम प्रदेश सांसदतर्फ सिफारिश भएको जिल्ला उपसभापति रामनारायण कुर्मीले जानकारी गराए । पर्सा क्षेत्र नं २ को सङ्घीय सांसदमा क्षेत्रीय भेलाले अजयकुमार चौरसियाको एकल नाम सिफारिश गरेपछि नेका नेता राजेन्द्र बहादुर आमात्यले जिल्ला कमिटीमा छानबीनका लागि निवदेन दिएको जिल्ला अध्यक्ष जनार्दनसिंह क्षत्रीले बताए । त्यसैगरी ३ क मा पनि प्रदेश सांसदको नाम टुगो लगाउन विवाद देखिएको बताइएको छ ।


